November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

८० अर्ब रुपैयाँ तिरेर सम्बन्धविच्छेद

2.7K

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई) शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्धविच्छेदका लागि अनुमति  प्राप्त भएको छ। 

अनुमतिमा दुबईका शासक मकतुमले ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम दिनुपर्ने भएको छ। यसलाई बेलायती कानुनी इतिहासमा सम्बन्धविच्छेदको सबैभन्दा ठूलो घटना रुपमा लिइएको बीबीसीले जनाएको छ। हया जोर्डनका पूर्व शासक हुसेनकी छोरी हुन्। 

शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट (यूएई) का प्रधानमन्त्री हुन्। उनले ६ वटा बिहे गरेका थिए। हया उनकी कान्छी श्रीमती थिइन्। 

Advertisement

बेलायती अदालतले प्रिन्सेस हायालाई दिइने रकमले दुई सन्तानको हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाइएको छ।  फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउण्ड वार्षिक रुपमा दिन भनिएको छ। 

हया आफ्ना छोराछोरीका साथ २०१९ मा दुबईबाट भागेर बेलायत पुगेकी थिइन्। उनले पतिबाट आफ्नो ज्यानमा खतरा भएको बताउँदै आएकी थिइन्।