November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओमिक्रोनको त्रास : ५० करोड र्‍यापिड कीट निःशुल्क उपलब्ध गराउने बाइडेनको घोषणा

2.3K

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्टलाई फैलन नदिन ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराइने घोषणा गरेका छन्।  उनले परीक्षण तिब्र पारिने र अस्पतालहरूमा सेनाले पनि सहयोग गर्ने बताए। 

लकडाउन गर्नेबारे भने अहिले केही नसोचिएको उनको भनाइ छ। ‘यो सन् २०२० को मार्च महिना होइन,’ बाइडेनले भने, ‘हामी तयार छौँ। हामीलाई धेरै कुरा थाहा भइसक्यो।’ 
हाल अमेरिकामा ओमिक्रोन भेरियन्ट तिब्र गतिमा फैलिइरहेको छ। नयाँ कोरोना संक्रमितमध्ये दुई तिहाइमा ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेको बीबीसीले उल्लेख गरेको छ। 

सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरियन्ट अहिले विश्वव्यापी रूपमा फैलिएको छ। अमेरिकामा ओमिक्रोनका कारण हालसम्म एक जनाको मृत्यु भएको बताइएको छ। ७३ प्रतिशत वयस्क अमेरिकीहरूले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेको भए पनि खोप नलगाएकाहरू बारे बाइडेन प्रशासनले चिन्ता व्यक्त गरेको छ। 

Advertisement

बाइडेनले पुनः आफूलाई जोगाउन र खोप लगाउन आमनागरिकलाई आग्रह गरेका छन्।