November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कल्याण गुरुङद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता

1.6K

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ।  प्रक्रिया सुरु भएसँगै कल्याण गुरुङले कांग्रेसको  केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै, गोमा केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन्।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत अहिलेसम्म विभिन्‍न पदमा गरी १६ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन्। 

१० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ।

Advertisement

निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।

  कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो। गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ।