November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चलचित्र ‘घरजम’ ताप्लेजुङमा प्रदर्शन हुने

3.3K

ताप्लेजुङ । नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ ताप्लेजुङमा प्रर्दशन हुने भएको छ । चलचित्र किरात याक्थुङ कलाकार मञ्च ताप्लेजुङको आयोजनामा मंसीर २५ गते शनिबार सिटी हलमा बिहान ११ बजे प्रर्दशन हुन लागेको हो ।

मौसम इम्बुङ लिम्बु (फुःलेन्देको बाउ) को निर्देशन रहेको चलचित्र घरजमको छायांकन युवराज राईले गरेका छन् भने फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।

चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, कुसल थलङ, शुष्मा लिम्बु, भरतमणी पौडेल, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, ईसिका जबेगु, जीवन भट्टराई, दिनेश माङमु, रबी शेर्मा, सीता कुमारी तुम्बापो, लक्ष्मी योङ्हाङ आयुषा लिम्बुखिम, शैलेन्द्र थेबे, नुनाम केरुङ, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ लगायतको अभिनय रहेको छ ।

Advertisement

रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको घरजमको निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो हुन् । उनिहरुले यसअघि चलचित्र ‘थात्थलो’ को निर्माण गरिसकेका छन् ।

चलचित्र घरजमको यसअघि काठमाडौं, धरान, झापा लगायतको विभिन्न हलहरुमा प्रिमियर शो गरिएको थियो ।