November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘तिम्रो मायाले’ सार्वजनिक

3.1K

काठमाण्डौं । नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत देखिएको छ । ‘तिम्रो मायाले’ बोल रहेको उक्त गीतमा गायिका रचना रिमाल र गायक केशब भावुकको स्वरले सजिएको छ । भिडियोमा सलोन र रुबिनसंगै भाईरल टिकटकर सन्तोष बस्नेत, लोसिन लमिछने, प्रख्यात घिमिरे, तप्स्या, गोपाल, कृति लगायतले अभिनयमा साथ दिएका छन् ।

बिदेशमा रहेर पनि आफ्नै देशको संस्कृति, भेषभुषा र नेपाली गीत संगीतलाई माया गर्ने, थुप्रै चर्चित गीतहरुकी सर्जक गीतकार सुधा मरहठ्ठाको शब्द लेखन र चर्चित संगीतकार राजन तिमिल्सिनाले संगीत रहेको गीतको भिडियो निर्देशन शशान कँडेलले गरेका हुन । गीतमा योगेश काजीको संगीत संयोजन अशिष अविरलको मिक्सिङ मास्टरिङ्ग रहेको छ ।

भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी बुद्ध थापाको छाँयाकन बिकास दाहालको सम्पादन रहेको छ ।

Advertisement

भिडियोलाई गीतकार सुधा मरहठ्ठाको अफिसियल युट्युब च्यानल सुधा इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको हो ।