विराटनगर । नेपाली काङ्ग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । मंगलबार दिलीप गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
आइतबार भएको निर्वाचनमा तीन उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा तीन हजार ३६० मत खसेको थियो । लिम्बूले एक हजार ९०६ मत प्राप्त गर्दै विजयी भए । गच्छदारले एक हजार ४२२ मत प्राप्त गरे।