November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जसपाद्वारा पालिकास्तरीय युवा सङ्गठन निर्माण

2.4K

पाँचथर । कुम्मायक गाउपालिकामा गाउँपालिकास्तरीय जसपा युवा सङ्गठन कुम्मायक गाउँ कार्य समिति शुक्रबार गठन भएको छ ।

माङ्सिङ लाओतीको संयोजकत्वमा २० सदस्यीय गठन भएको सो समितिमा उपाध्यक्षमा नितेश सम्बाहाम्फे, कोषाध्यक्षमा मनकुमार सम्बाहाम्फे र सचिवमा आशिष लाओती लगायत अन्य सकृय युबा सदस्यहरू रहेका छन् ।

लिम्बुवान राष्ट्रिय समन्वय समिति सदस्य जकेन्द्र लावती जसपा जिल्ला सदस्य बिर्ख सम्बाहाम्फे, सुर्यदिप सम्बाहाम्फेलगायत जसपा कुम्मायक गाउँ कार्य समितिका सचिव तेजेन्द्र चेम्जोङद्वारा पार्टीको गतिविधिलाई अझ शसक्त रूपमा कसरी अघि बढाउन सकिन्छ भन्ने बारे आआफ्नो धारणा राखिएको थियो ।

Advertisement

विकास निर्माणका नाममा ७५ प्रतिशत गोजीमा र २५ प्रतिशत मात्र काम देखाउने प्रवृत्ति चरम बिन्दुमा मौलाएकोले यस्तो घिनलाग्दो भ्रष्टाचारि ब्याबहारप्रति गाउँ, टोलबाट आवाज उठाएर खबरदारी गर्नु पर्ने सो उपस्थितिले औल्याएको थियो ।

उक्त कार्यक्रम गणेश चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।