काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन २ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उच्च रक्तचाप र मधुमेहको समस्याबाट पिडित दुर्गा मगरको सोमबार साँझ निधन हो ।
सोमबार कपनस्थित कोठामा आमालाई छोडेर बाहिर निस्किएका विक्कीले फर्किंदा आमालाई अचेत अवस्थामा भेटाएका थिए । त्यसपछि चावहिलको मेडिकेयर अस्पताल पर्याइएको दुर्गालाई चिकित्सकले मृत घोषित गरेका थिए ।
विक्की भाइटिकाको दिन सुखिमबाट आमा सहित नेपाल आएका थिए ।