लण्डन । बेलायतमा प्रतिष्ठित फाइनान्सियल सर्भिस कम्पनी ‘पीपल’ले बेलायतको ‘बेस्ट स्टेट एजेन्ट अवार्ड’ जित्न सफल भएको छ । प्रोपर्टी एकेडेमी र राइटमुभद्वारा बेलायतस्थित १५ हजार स्टेट एजेन्टहरुको मार्केट एसेसमेन्टका आधारमा ‘बेस्ट इस्टेट एजेन्ट लेटिङ गाइड’ को ‘स्मल बिजनेस क्याटेगोरी’अन्तर्गत लेटिङ विधामा पीपलले गोल्ड अवार्ड प्राप्त गर्न सफल भएको हो ।
पीपल ग्रुपका एशोसिएट डाइरेक्टर मिलन गुरुङले आफ्नो कम्पनीले सेवाग्राहीलाई प्रदान गरेको सेवा सुविधान, ग्राहकहरुको सन्तुष्टि, रेटिँग, ब्राण्डिङ, ज्ञान, योग्यता र प्रोपर्टीसम्बन्धि विभिन्न अन्य सान्दर्भिक आधारहरु मूल्यांकन गरी उक्त अवार्ड वितरण भएको र सो अवार्डले कम्पनी सम्मानित हुन पाउँदा खुशी मिलेको बताए । चेल्सीस्थित इभोलुसन लन्डनमा आयोजित प्रोपर्टी बिजनेस एक्स्पो एवम् अवार्ड समारोहबीच पीपल समूहका डाइरेक्टर सुर्यप्रकाश गुरुङसहितको टीमलाई सो अवार्ड हस्तान्तरण गरिएको थियो ।
१७ औं पटक स्वर्ण पदक विजेता प्यारालिम्पियन “डेम” शेरा जोन स्टोरे ‘०८६’ ले उक्त अवार्ड हस्तान्तरण गर्दै कम्पनीको सफलताको शुभकामना व्यक्त गरे । अवार्ड ग्रहण गरेपछि प्रसन्नता व्यक्त गर्दै पीपल समूहका डाइरेक्टर गुरुङले आफ्नो सम्पूर्ण टीम र सेवाग्राहीहरु अवार्डको हकदार रहेको बताए ।
अवार्डलाई आफ्नो टीमका सहकर्मी र सेवाग्राहीकै नाममा समर्पण गरेको उनले घोषणा गरे । फार्नबरो, आसफोर्ड, मेडस्टोन, लन्डन हन्सलो र स्वीन्डनमा गरी बेलायतका पाँच स्थानमा कार्यालय स्थापना गरेको यस कम्पनीलाई नेपालीहरुले विशेष व्यवस्थापन गरिरहेका छन् । त्यस्तै यसको छैठौं शाखा बेक्सलीहिथमा पनि खोल्ने तयारी भइरहेको निर्देशक गुरुङले बताए । पीपलले लेटिङ्स,इन्सुरेन्स,प्रोटेक्सन, विल्स,कमर्सियल मोर्गेज, फाइनान्सियल प्लानिङलगायतका सम्पूर्ण फाइनान्सियल सेवा उपलब्ध गराउंदै आएको छ । यसअघि सन् २०१८ मा पनि पीपलले साउथ इष्ट इंग्ल्यान्डको उत्कृष्ट स्टेट एजेन्टको ब्रोन्ज अवार्ड प्राप्त गरेको थियो ।
स्थापना भएको छोटो समयमा कम्पनीले ग्राहकहरुको मन जित्न सफल भएको भन्दै निर्देशक गुरुङले लण्डन नेपाल न्यूजसँग भने, ‘यसरी अवार्ड पाउनु हाम्रो निम्ती गौरवको विषय हो, यस अवार्डले हामीलाई रियलस्टेटको क्षेत्रमा अझै विश्वसनीय सेवा दिनको निम्ती प्रेरणा दिएको छ ।’ उनले व्यवस्थापकीय कामलाई अझै चुस्त बनाउने गरी समूह अघि बढ्ने भन्दै आगामी यात्रामा यसप्रकारका अवार्डहरुको हकदार हुनेगरी अझै मिहेनत गर्ने समेत बताए ।