November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

१३७ औँ फाल्गुनन्द लिङदेन जन्मजयन्ती केराबारी मोरङ माङहिममा मनाइँदै

२०७८ कार्तिक १९

5.7K

मोरङ । किरात धर्मावलम्बीहरुले मोरङ जिल्लाको केराबारी गाँउपालिका वडा नम्बर ७ को मुहिङगुम अङसिमाङ लिङदेन फाल्गुनन्द मिङसो माङहिममा १३७ औं महागुरु फाल्गुनन्द लिङदेन जन्मजयन्ती कात्तिक २५ गते भव्य रुपमा मनाउने भएका छन् ।

विश्व शान्ति तथा मानव एकताका प्रवर्तक, किरात धर्म दर्शनदाता तथा राष्टिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तिको अवसरमा विविध कार्यक्रमहरुको आयोजना हुने भएका छन् । जस अन्तर्गत २३ गते सप्तकोशीमा गालीश्राप बगाउने, २४ गते विश्वशान्ति मानव एकताको निम्ति सेवा पूजा र २५ गते महागुरु फाल्गुनन्द लिङदेन १३७ औं जन्मजयन्ती मूल समारोहको प्रदेश नम्बर १ को मुख्यमन्त्री राजेन्द्र राईको हस्तबाहुलीबाट समुद्धाटन गरिनेछ । सोही दिन किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा किरात धर्म गुरुआमा साँवा पवित्र हाङमा लिङदेन ज्युहरुको हस्तबाहुलीबाट मुहिगुम अङसिमाङ महागुरु लिङदेन फाल्गुनन्द मिङसो माङहिमको समुद्धाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गरिने छ ।

केराबारी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, सास्कृतिक विविधतालाई प्रचारक प्रसार गर्ने भनेर महागुरु लिङदेन फाल्गुनन्द मिङसो माङहिमका सचिव जयकुमार जबेगुले बताए । उक्त कार्यक्रममा विविध साँस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिनेछ । साथै किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङबाट आशिर्वचन , बेलुकी दिपावली र माङलाङ, केलाङका साथमा मुन्धुमी गायक ब्रबिम सेर्मा र सुनिता थेगिमको बेजोड साँस्कृतिक कार्यक्रमहरु हुने, कार्तिक २६ गते परपाहुना, इष्टमित्रहरुलाई विदाई गरेर यो वर्षको महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्ने आयोजक विमल चेम्जोङले बताए ।

Advertisement

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकोछ। विश्व महामारी कोरोनालाई मध्य नजर गरी सामाजिक दुरी कायम गर्दै कार्यक्रम गर्ने कुरा १३७ औं जन्मजयन्ती मूल समारोह आयोजक समितिका अध्यक्ष अमरदल मिभकले बताए । केराबारी गाँउपालिकामा माङहिम समुद्धाटन र महागुरु फाल्गुनन्द लिङदेनको उच्चकदको सालिक अनावरण मात्र होइन,यहा मुन्धुमी बिद्यालय निसामहिम अनि मुन्धुमी योग साधना केन्द्र खोल्न प्रयत्न गर्ने भनेर मुहिङगुम अङसिमाङ लिङदेन फाल्गुनन्द मिङसो माङहिमका सल्लाहकार लाखमान थेगिमले बताए।हामी कार्यक्रमको अन्तिम तयारीमा छौ, कार्यक्रममा देशविदेशबाट पाहुनाहरू आउने क्रम सुरु भैसकेको छ । हामी किरात धर्मावलम्बीहरु विश्व शान्ती तथा मानव एकताका लागि नै भेला हुने छौ ।हामी सत्य शान्ति र अहिंसा प्रेमी मानुभावहरुलाई स्वागत गर्न आतुर छौ भनेर महागुरु फाल्गुनन्द लिङदेन १३७ औं जन्मजयन्ती मुल समारोहका सचिव ज्ञानु राईले बताए।