मोरङ । प्रदेश १ का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले राजीनामा दिएका छन् । उनले सरकार परिवर्तन भएपछि राजीनामा दिएका हुन् । आचार्यले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएको हो ।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले एमाले निकट वरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फाल्गुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
सरकार परिवर्तन भएर अर्को दलको नेतृत्व आइसकेकोले पदमा बसिरहन नैतिकताले नमिल्ने भएकोले राजीनामा दिएको आचार्यले बताए ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी मुख्य न्यायाधिवक्ता आचार्यले मुख्यमन्त्री राईमार्फत संविधानको धारा १६० (४) को खण्ड (क) बमोजिम मिति बुधबारदेखि लागू हुने गरी राजीनामा दिएको जनाएका छन् ।
