November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

देवेन्द्र वनेमको अध्यक्षतामा युमा साम्यो नगर समिति गठन

२०७८ कार्तिक १८

3.7K

दमक । दमक, झापामा युमा साम्योको नगर समिति गठन भएको छ ।

याक्थुङ लिम्बू युमा साम्यो केन्द्रीय अध्यक्ष देवेन्द्र वनेम, सदस्य चित्र वनेम र योबाहाङ तुम्बाहाङ्फे तथा सल्लाहकार आर. बि. पालुङ्वा साथै झापा जिल्ला युमा साम्यो कार्य समितिको अध्यक्ष सुरज लक्सम र सचिब ललित कुमार लिम्बुको उपस्थितिमा गठन कार्यक्रम भएको हो ।

दमकका स्थानिय बुद्धिजिवी सेरसिं योङहाङको सभापतित्वमा सम्पन्न भएको भेलाले गजेन्द्र वनेमको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको छ । जसको उपाध्यक्ष अम्बर सम्बाहाङफे, सचिव शुबास इजम, सहसचिव शुसिला लक्सम, कोषाध्यक्ष सुऋृ प्रसाद फागो छन् ।

Advertisement

सदस्यहरुमा रत्न ब.वनेम, सुरेन्द्र नाल्बो, डम्बर खाङबाङ, प्रेम फागो, टेक ब. वनेम, मनिका वनेम, अर्जुन फागो, पशुपति फागो, अरुणा योङहाङ छन् ।

त्यसैगरी सल्लाहकार सेरसिह योङहाङ, सिरिप्रसाद वनेम, डम्बर वनेम र नारायण वनेम छन् ।

भेलाले आगामी जनगणनामा “धर्मको महलमा युमा धर्म लेखौ र लेखाऔं भन्ने नारालाई बुलन्द गर्ने कार्य भएको थियो ।