काठमाडौं । काठमाडौं उपत्यकामा १७५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३१, ललितपुरमा २७ र भक्तपुरमा १७ संक्रमित छन् ।
काठमाडौंमा १९९६ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ९४६, ललितपुरमा ५४४ र भक्तपुरमा ५०६ छन् ।
नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ९१३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
६ हजार ५७७ जनाको पिसिआर परीक्षण र ३३३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
नेपालमा हाल ९ हजार १२३ जना सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।
४३९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.५ प्रतिशत छ ।