November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सँगै ५ मन्त्रीहरुले पनि शपथ लिने

२०७८ कार्तिक १६

2.2K

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको शपथसँगै ५ मन्त्रीहरुले पनि शपथ लिने भएका छन् । गठबन्धनले ५ मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ ।

गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने एकीकृत समाजवादीकै सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

त्यसैगरी काँग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपनेता हिमाल कार्कीलाई पठाउने सहमति भएको छ । यस्तै गठबन्धनमा रहेको माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाउने सहमति भएको छ ।

Advertisement