November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त, शपथ ग्रहण दिउँसो ३ बजे

२०७८ कार्तिक १६

2.2K

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने भएको छ । राईले चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन् ।

Advertisement

जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट एक–एक जना मन्त्री बन्ने छन् ।