November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटपवार्ता हुँदै

२०७८ कार्तिक १६

3.8K

लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार द्विपक्षीय भेटपवार्ता हुँदैछ । ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) को आयोजनास्थलमा स्थानीय समयअनुसार बिहान साढे नौ बजेपछि भेटवार्ता हुने कार्यतालिका रहेको छ ।

मोदीसँगको भेटपछि देउवा र श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षबीच पनि बिहानै भेटवार्ता हुने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री देउवाले सोमबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग पनि अनौपचारिक भेट गरेका थिए ।

Advertisement

प्रधानमन्त्री देउवा र मोदीबीच सोमबारको उच्चस्तरीय सत्र (हाइलेभल सेगमेन्ट) का बेला पनि अनौपचारिक भेट भएको थियो । उच्चस्तरीय सत्रलाई देउवा र मोदीले सोमबार सम्बोधन गरेका थिए ।