काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन् ।
स्रोतका अनुसार मौसमी ज्वरोका कारण मन्त्री झाँक्री बुधबार अस्पताल भर्ना भएकी हुन् ।
दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएको पनि स्रोतले जनाएको छ ।