मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
शर्माले सरकार बनाउन विपक्षी दललाई २४ घण्टा अर्थात् आज दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।
प्रदेश प्रमुख शर्माले नयाँ सरकार बनाउन आह्वान गरेसँगै विपक्षी गठबन्धन सरकारको दाबी गर्ने तयारीमा जुटेको छ। गठबन्धनबाट एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी छ ।
बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आधा–आधा समय सरकार चलाउने सहमति भएको छ ।