November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण

2.5K

काठमाडौं – मंगलबार काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।  १६० महिला र २४५ पुरुषसहित ४०४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १२ सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

यस्तै बिहीबार १ हजार ६४ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.२ प्रतिशत हो।

Advertisement

देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ३८६ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ६३पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार मात्र कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। 

यस्तै अहिले ५१५ जना क्वारेन्टिन र १२ हजार ३८६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २०९ जनाको आइसीयूमा र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। बिहीबार ७ हजार २३२ स्वाब नमूना परीक्षण गराउँदा १२ सय १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।