November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अहिलेलाई राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ, अरु कुरा समय आएपछि थाहा हुन्छ : इन्द्रबहादुर बानियाँ, कांग्रेस संसदीय दलका नेता

२०७८ कार्तिक १०

3.8K

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री अब नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे बन्ने नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताएका छन् । बुधबार प्रदेशसभा बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस नेता बानियाँले अबको मुख्यमन्त्री पाण्डे नै हुने बताएका हुन् ।

अहिलेलाई मुख्यमन्त्री पाण्डे बनेतापनि अरु कुरा (आलोपालो सरकारको नेतृत्व) समय आएपछि थाहा हुने उनको भनाइ थियो । उनले भने, ‘अब राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ, अरु कुरा समय आएपछि तपाईहरुले थाहा पाउनुहुन्छ, अहिले किन धेरै बोल्नु ?’

मुख्यमन्त्रीका लागि बानियाँले पनि दाबी गर्दै आएका थिए । गठबन्धनबीच पाण्डे र बानियाँले आलोपालो प्रदेश सरकारको नेतृत्व गर्नेगरी सहमति भएको चर्चा चलिरहेको छ ।

Advertisement

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।