November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फोक्सुण्डो ताल भ्रमण गएकी एक युवती खोलामा खसेर बेपत्ता

२०७८ कार्तिक १०

2K

काठमाडौं । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गएकी एक युवती बेपत्ता भएकी छन् । स्रोतका अनुसार युवती दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा सुलिगाड खोलामा खसेर बेपत्ता भएकी हुन् ।

शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बुधबार बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement