November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘बसन्तमा’ म्युजिक भिडियोको छायांकन सम्पन्न

२०७८ कार्तिक १०

3K

फेदेन । गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायांकन सम्पन्न भएको छ ।

एसपी निङ्लेकुको शब्द, बिक्रम राईको संगीत र नुमा नेम्बाङ्को स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका छन् ।

प्रेम नेम्बाङ, संगीता सुब्बा नेम्बाङ र निसुम नेम्बाङको संयुक्त लगानीमा निर्माण भएको सो गीतको भिडियोमा निङ्वा नेम्बाङ, सोफिया लिम्बू, सङ्क्रोजा तावा, अञ्जना मुखिया, निशा तामाङ, सिजर तावा, जोस्ना राई, र अरुणा मुखिया राईको अभिनय रहेको छ ।

Advertisement

भिडियोलाई इशाक जबेगुले छायांकन÷सम्पादन गरेका छन् भने निङ्वा नेम्बाङको कोरियोग्राफ रहेको छ ।