November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

7.4K

मकवानपुर । मकवानपुरको हेटौंडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गए राति नारायणगढबाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नम्बरको यात्रुुुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना५८प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ ।