November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

उदयपुरमा छोरीले गरिन् बाबुको हत्या

3K

उदयपुर– उदयपुरमा एक छोरीले आफ्नै बाबुको हत्या गरेकी छन्। ५५ वर्षीय बाबु नेत्रबहादुर पुलामी मगरको हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको थियो।

नेत्रको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement