November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

श्राद्ध सकेर पिण्ड सेलाउन जाँदा मस्र्याङ्दी नदीमा डुबेर मृत्यु

3.5K

काठमाडौ । श्राद्ध सकेर मस्र्याङ्दी नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव फेला परेको छ ।

उनी श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा बुधबार अपरान्ह ३ः३० बजे मस्र्याङ्दी नदीमा नदीले बगाएर बेपत्ता भएका थिए । घटनालगत्तै प्रहरी र स्थानीयवासीले उनको खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको स्थलदेखि केही तलबाट उनको शव फेला परेको प्रहरीको भनाइ छ ।

Advertisement