November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ उर्लाबारी मोरङको अधिवेशन

8.3K

उर्लाबारी, १९ मोरङ । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ मोरङ, उर्लाबारी नगर समन्वय समितिको प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष रुमानी कुलुङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको प्रमुख अतिथिा सल्लाहकार खड्क बहादुर देउराम कुलुङ रहेका थिए ।

संयोजकमा मेजर मान बहादुर देउराम कुलुङ, कुलु गूस्खम प्रदेश नं. १ का उपाध्यक्ष अम्बर बहादुर लोवात्ती कुलुङको समेत उपस्थिति रहेको कार्यक्रममा आर्थिक आय–व्यय विवरण कोषाध्यक्ष सेक बहादुर देउराम कुलुङले प्रस्तुत गरेका थिए । र्नु भएको थियो ।

Advertisement

अधिवेशनमा उर्लाबारीस्थीत “कुलुङ चोक” लेखिएको पुरानो बोर्ड हटाएर नयाँ बोर्ड पनि प्रतिस्थापन गरिएको थियो ।

अधिवेशनले अध्यक्ष रुमानी कुलुङ, उपाध्यक्ष अम्बर बहादुर कुलुङ, सचिव श्रीमती नैनकला कुलुङ, सहसचिव शर्मिला कुलुङ, कोषाध्यक्ष सेक बहादुर कुलुङ र सदस्यहरु लक्ष्मी प्रसाद कुलुङ, काली बहादुर कुलुङ, ईन्दिरा कुलुङ, उर्मिला होङेलु कुलुङ रहेको नयाँ समिति निर्माढा गरेको छ ।

कार्यक्रमलाई निवर्तमान सचिव श्रीमती टंकमाया खापुङ लोवात्ती कुलुङले सञ्चालन गरेकी थिइन् ।