November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चीनबाट आज ४४ लाख डोज भेरोसेल खोप आइपुग्दै

1.9K

काठमाडौं : सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदैछ। खोप दिउँसो दुई बजे आइपुग्ने छ। 

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरिद गरिएको खोप आज दुई बजे चीनबाट आइपुग्ने जानकारी दिए। 

सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि बिहीबार राति ११ बजे वाइडबडी विमान चीनतर्फ गइसकेको बताए। 

Advertisement

यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो। तर पछि शंसोधन गर्दै एक दिनपछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। 

जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।​ भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ। सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ।