November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो

3.5K

जनकपुरधाम : जनकपुरका एक निजी स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचिएको छ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वस्तिक इङ्गलिस बोर्डिङ स्कुलका शिक्षक तथा शिक्षिकाको निर्मम कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको हो। भदौ २४ गते गृहकार्य नगरेको भन्दै शिक्षिका शोभा साह र शिक्षक रब्बानि हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई निर्घात कुटपिट गरेको खुलेको छ।

कुटपिटबाट सिद्धार्थको दाहिने हात भाँच्चिएको छ। उनी अहिले उपचाररत रहेको परिवारले जनाएको छ। भदौ २३ गते पनि गृहकार्य नगरेको भन्दै शिक्षिका साहले उनलाई पाइपले पिटेको सिद्धार्थका बुवा जितेन्द्र ठाकुरले बताए।

Advertisement

कुटपिट गर्नेहरू दम्पत्ति हुन्। एक्सरे गर्दा उनको हड्डि भाँचिएको पत्तालागेको सिद्धार्थले बताए। शोभाले उनलाई पिटेको स्वीकार्दै उपचारमा लाग्ने खर्च व्यहोर्ने बताएको सिद्धार्थले जानकारी दिए।