November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

निर्वाचन आयोगमा दर्ता भयो महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी

4.9K

काठमाडौं – महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

बुधवार नयाँ दल दर्ताका लागि तत्कालिन जनता समाजवादी पार्टीका १४ जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएसँगै आयोगले उक्त दल दर्ता गरेको हो ।

सरकारले राजनीतिक दल बिभाजन गर्नका लागि २० प्रतिशत सदस्य भए पुग्ने अध्यादेश जारी गरेसँगै महन्त ठाकुर पक्षले भदौ २ गते दल दर्ताका लागि सांसदको हस्ताक्षरसहित निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

Advertisement

त्यसका लागि आयोगले बुधवार ११ः३० देखि २ बजेसम्मको समय दिएर सांसदहरुलाई सशरिर उपस्थित भएर सनाखत गर्न बोलाएको थियो ।

दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका १४ सासंदमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, उमाशंकर, विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ, दुलारीदेवी खँग खत्वे, चन्द्रकान्त चौधरी, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह रहेका छन् ।