November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कहाँ–कहाँ छ आज बाढीको जोखिम ?

4K

काठमाडौं –  केहि दिनयता नेपालमा फेरि मनसुन सक्रिय भएको छ । अझै एक सातासम्म मनसुन सक्रिय नै रहने मौसमविदले जनाएका छन् । आज (मंगलबार) पनि देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाका कारण आज नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने जनाइएको छ । कन्काई, तिनाउ, पश्चिम राप्ती र बबईमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कमला, वाग्मती, पूर्वी राप्तीलगायतमा पनि बहाब सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

Advertisement

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सिन्धुपाल्चोक, दोलखा, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, सिन्धुली, नवलपुर, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, म्याग्दी, बागलुङ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम पूर्व, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कञचनपुर, कैलाली, डडेलधुरा, डोटी, दार्चुला, अछाम, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तो छ आज बाढीको पूर्वानुमान