November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कुवेतमा अवैध आप्रवासीलाई सरकारद्वारा कोरोना खोप उपलब्ध गराउँदै , सम्पर्कमा आउन एनसिसि कुवेतको अपिल

2.2K

कुवेत – कुवेतमा अवैधानिक रुपमा वासोवास गर्दै आइरहेका आप्रवासीहरुको लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

सिमित अवधि यहि विहिवार अर्थात २६ अगस्ट सम्मका लागि मात्र रहने जनाइएको छ ।कुवेतको ओफ्रा हेल्थसेन्टरमा जारी हुने खोप शिविरमा तोकिएको आवश्यक कागजपत्र लिएर जानु पर्ने छ।

गैरआवासीय नेपाली संघ (NRNA) कुवेतले अवैधानिक रुपमा काम गर्दै आइरहेका नेपाली कामदारहरुलाई खोप प्राप्तिको लागि समन्वय गर्ने भएको छ । कुवेत स्थित नेपाली दूतावाससँग सहज अवस्था सृजना गर्न छलफलमा लागेको गैरआवासीय नेपाली संघ (NRNA) कुवेत महासचिव दिल कुमार पार्खिन बताउँदै सबै अवैध रुपमा कार्यरत नेपाली श्रमिकहरु एनसीसी कुवेतका प्रतिनिधिहरुको सम्पर्क आउन अनुरोध गरेका छन ।

Advertisement

खोपका लागि आवस्यक डकुमेन्ट:

-पासपोर्ट वा सिभिल आइडिको फोटो मोबाइलमा हुनुपर्नेछ।

-मोबाइलमा लोकल कलवाला सिमकार्ड अनिवार्य हुनुपर्नेछ।

-अरुको पासपोर्ट कपि लिएर खोप केन्द्र गएको पाइएमा कुवेत सरकारको कानून बमोजिम ठूलो कारवाही हुनेछ।

थप जानकारिका लागि; उमेश पुडासैनी-66814571 नबराज पराजुली- 50616895 बिजय धामी-60332948 मा सम्पर्क गर्न सक्नुहुनेछ ।