काठमाडौं – आज देशैभरी ३०४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पिसीआर र ७,१२४ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १७ हजार ६५४ नमुना परीक्षणमा ३०४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौंमा ६०४, ललितपुरमा १८७ र भक्तपुरमा १०७ जना गरी उपत्यकामा आज ८९८ जना नयाँ संक्रमित थपिएका छन् । बुधवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही कमी हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २,२४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ ।
त्यस्तै आज देशैभरी थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । बिहीवारको तुलनामा आज मृत्यु हुनेको संख्या केही घटेको हो ।
हाल देशैभरी सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३६ हजार ९२२ जना होमआइसोलेशन र ३,३८७ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७१४ जना र भेन्टिलेटरमा १७१ जनाको उपचार भइरहेको छ । मन्त्रालायद्धारा जारी विवरण अनुसार आज आइसीयुमा उपचार गराउनको संख्या घटेको र भेन्टिलेटरमा केही बढेको छ ।
त्यस्तै शुक्रवार देशैभरी १ लाख ८० हजारले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४२ लाख ९ हजार ३६९ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख १७ हजार ४०४ पुगेको छ ।