November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोपा कन्फरेन्स लिग : टोटेनहम पहिलो लेगमा पराजित

2.4K

काठमाडौँ– युरोपा कन्फरेन्स लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ ।

बिहीबार राति भएको पहिलो लेगमा टोटेनहम पोर्चुगलको पाकोस फरेरासँग १-० गोल अन्तरले पराजित भएको हो ।

पाकोसलाई जित दिलाउन लुकास सिल्भाले निर्णायक गोल गरे । उनले ४५ औं मिनेटमा गोल गरेका थिए ।

Advertisement

अब टोटेनहमले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।

दुई लेगको प्ले अफ्मा जित निकाल्ने टोलीले युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान बनाउने छन् ।

प्ले अफको पहिलो लेग अन्तर्गत नै रोमाले टर्किस क्लब ट्रावजोनस्पोरलाई २-१ ले हराएको छ ।

रोमालाई जित दिलाउन लोरेन्जो पेल्लिग्रिनी र एल्डोरले एक एक गोल गरे ।

ट्रावजोनस्पोरका आन्द्रेसले एक गोल फर्काए ।