November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

३४ सय बढी नयाँ संक्रमित थपिए, ३५ जनाको मृत्यु

5.2K

काठमाडौं : देशभर पछिल्लो समय थप तीन हजार चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ६ सय ११ जनामा कोरोना परीक्षण गरिएकाे थियो।

कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय २७ जना पुगेको मन्त्रालयले जनाएको छ।

थप २४ सय ५८ जना कोरोना मुक्त भएका छन्। काठमाडौंमा ६ सय ७७,भक्तपुरमा एक सय १७ र ललितपुरमा एक सय ६७ गरी उपत्यकाभित्र ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Advertisement