November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बाबुले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु

4.1K

पाल्पा : पाल्पामा बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका- ६ ठिमुरेस्थित तल्लोताल ३५ वर्षीय धनबहादुर लम्तरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन्‌।

५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा भन्दुकले मकैबारीमा आएको स्याललाई हानेका थिए। स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोरालाई लागेर मृत्यु भएको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

Advertisement