November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोनाबाट आज देशभर ३ हजार ४८१ संक्रमित, ३० जनाको मृत्यु

3.7K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ४८१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पिसीआर र ५ हजार ७४९ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १६ हजार ६५६ नमुना परीक्षणमा ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौंमा ६६३, ललितपुर १९२, भक्तपुर १०९ गरी उपत्यकामा ९६४ जना नयाँ संक्रमित थपिएका छन् ।

मंगलवारको तुलनामा बुधवार संक्रमित हुनेको संख्या केही घटेको हो ।

Advertisement

त्यसैगरी पछिल्लो २४ घण्टामा १८८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३४ हजार ८१३ जना होम आइसोलेशनमा र ३ हजार २२० जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७९६ जना र भेन्टिलेटरमा १८४ जनाको उपचार भइरहेको छ ।

त्यस्तै बुधवार देशैभरी १ लाख ९५ हजार २११ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख ८३ हजार ९९८ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ३९१ पुगेको छ ।