काठमाडौं – जापानबाट आज ३ लाख ३१ हजार डोज अस्ट्राजेनिका खोप नेपाल आउँदै छ । आज दिउँसो कतार एयरको विमानबाट सो खोप नेपाल आइपुग्नेछ ।
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाखमध्ये हिजो पाँच लाख १३ हजार ४२० लाख डोज खोप नेपाल आइपुगेको थियो । आज ल्याएर बाँकी रहेको खोप भने आउँदो साता ल्याइने बताइएको छ ।
भुटानबाट गएको शुक्रबार ल्याइएको दुई लाख ३० हजार र जापानबाट ल्याइने १६ लाख डोज अस्ट्राजेनेकाको खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यही साउन २५ गतेदेखि दोस्रो डोज दिने सरकारको तयारी छ ।