November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ब्राजिल टोकियो ओलम्पिकको सेमिफाइनलमा

1.6K

काठमाडौँ- ब्राजिलको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १-० गोलले हराउँदै  ब्राजिल सेमिफाइनलमा पुगेको हो ।

ब्राजिलको जितमा माथिएस कुन्हाले ३७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले रिचार्लिसनको पासमा गोल गरेका थिए ।

Advertisement

सेमिफाइनलमा अब ब्राजिल र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । मेक्सिको दक्षिण कोरियालाई ६-३ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।