काठमाडौं- कोरोना महामारीको कारण एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता सरेको छ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार छनोट प्रतियोगिता सरेको जानकारी दिएको हो।
छनोट खेल अक्टोबर १३ देखि २४ सम्म हुने तालिका रहेको थियो। प्रतियोगिता अब २०२२ को अप्रिल १ देखि १५ सम्म हुने एएफसीले जनाएको छ।
यस्तै, एएफसी फुटसल एसियन कपको फाइनल चरणको प्रतियोगिताको मिति पनि सरेका छ। फाइनल प्रतियोगिता २०२२ को सेप्टेम्बर २५ देखि २० सम्म हुने एएफसीले जनाएको छ।
यसअघि फाइनल प्रतियोगिता २०२२ को फेब्रुवरी १६ देखि २७ सम्म हुने तय थियो।
गत बैशाख १४ गते अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका लागि गौरव बस्नेतलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो।
एन्फाको फुटसल कमिटीकाे सिफारिशमा उनलाई ६ महिनाका लागि प्रशिक्षकमा नियुक्त गरिएको हो।
बस्नेतले यसअघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक भएर काम गरेका थिए। उनले एएफसी/एन्फा ए लाइसेन्स कोर्ष गरेका छन्।