काठमाडौं- साफ च्यापियनसिप र एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय फुटबल टिमका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र स्टाफसहित २० जनाकाे दाेस्राे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ।
टिमकाे बन्द प्रशिक्षण सुरु हुनुभन्दा अगाडि बुधबार कोरोना परीक्षणका लागि उनीहरुकाे स्वाब संकलन गरिएको थियो।
जसमा बुधबार बेलुका रिपोर्ट आउँदा ११ जना खेलाडीसहित २० जनालाई पोजेटिभ देखिएको थियो। त्यही कारण बिहीबारदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण टेक्निकल समस्या भन्दै एन्फाले स्थगित गरेकाे थियाे।
तर, ललितपुरको स्टार अस्पतालमा बिहीबार पुन: कोरोना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए।
‘अस्ति बिहान बिध ल्याबमा गरिएको परीक्षण रिपोर्ट बेलुका आउँदा २० जनाको पोजिटिभ देखियो। जसमा ११ जना र ९ जना अफिसियल थिए,’ उनले भने, ‘हामीले पोजिटिभ आएका सबैको पुन: परीक्षण गरायौं। जसमा हिजो ११ खेलाडी र दुई एन्फा पदाधिकारीको रिपोर्ट नेगेटिभ आएको थियो। आज बिहान थप ७ जनाको रिपोर्ट नेगेटिभ आयो।’