काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।
प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे शीतलनिवास पुगेका हुन्।
सरकारले केही विषयमा नयाँ अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।
अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल जारी रहेको शीतलनिवास स्रोतले जानकारी दिएको छ।