काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्य–मान्यताको राजनीतिबाट आफू पछि नहट्ने बताएका छन् ।
विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग आज (बुधबार) गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा उनले विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताएका हुन् ।
लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताएका छन् । यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले बताएका छन् ।