November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

१७१ देशमा नेपालको बाह्य सम्बन्ध विस्तार

1.8K

काठमाडौं –  नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ ।

दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको संक्षिप्त कार्यक्रममा हस्ताक्षर गरे ।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ ।

Advertisement