November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विदेश पठाई दिने भन्दै एक करोड ठगी गर्ने पक्राउ

1.7K

काठमाडौं –  वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाई दिने भन्दै एक करोड रुपैयाँ भन्दा बढी रकम उठाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७ घर भइ हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने वर्ष ३६ को उमेश रेग्मी रहेका छन् । रेग्मीले इटली पठाई दिन्छु भन्दै रामेछापको उमाकुण्ड गाविस–३ बस्ने वर्ष २३ को सौगात सुनुवार समेत तीन जनाबाट प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँ लिइ अजरवैजान पुर्‍याएर अलपत्र पारी छोडेका थिए ।

उमेशले विभिन्न व्यक्तिहरुलाई वर्किङ भिसामा युरोपियन युनियन पठाइदिने भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइको छ ।

Advertisement