November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रोकिएका परीक्षा साउन १५ देखि सञ्चालन गर्ने लोक सेवा आयोगको तयारी

3.3K

काठमाडौं– लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ।  आयोगमा पदाधिकारी नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालनको तयारी  गरिएको हो।

हालै सम्पन्न आयोग पदाधिकारीको बैठकले यसअघि रोकिएका सबै परीक्षा परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म सक्ने निर्णय गरेको हो। 

यसअघि सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए। आयोग पदाधिकारीविहीन हुँदा पनि परीक्षा सञ्चालनमा कठिडनाइ भएको थियो। पदाधिकारी नियुक्ति भएपछि सहज हुने बताइएको छ।

Advertisement

आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए। गत आर्थिक वर्ष २०७६÷७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो।

स्वास्थ्यसम्बन्धी मापदण्ड र संक्रमणकालीन विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ। 

यसअघि आयोगका ११ वटा विज्ञापन विविध कारणले रोकिएका छन्।