November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संवैधानिक इजलास शुरु, बहसमा नायव महान्यायाधिवक्ता पाण्डेय

1.9K

काठमाडौं –  प्रतिनिधिसभा विघटनबिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज (मंगलबार) पनि सुनुवाई जारी छ । मंगलबार सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस शुरु गरेका छन् । उनलाई २ घण्टा समय छुट्याइएको छ ।

सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सोमबार ३ घण्टा २० मिनेट बहस गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट बहस सकिएको थियो ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेञ्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

Advertisement