November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोकप : आज इंग्ल्यान्ड र जर्मनी तथा स्विडेन र युक्रेन भिड्दै

4.4K

काठमाडौं– जारी युरोकप फुटबलमा आज (मंगलबार)राति दुई खेल हुँदै छन्।राउण्ड अफ १६ को अन्तिम दुई खेल हुने तालिका अनुसार मंगलबार राति इंग्ल्यान्ड र जर्मनी तथा स्विडेन र युक्रेनले एकअर्काको सामना गर्नेछन्।

इंग्ल्यान्ड र जर्मनीबीचको खेल लण्डनस्थित वेम्बली स्टेडियममा  राति ९ः४५ बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन्।

इग्न्ल्यांडले अपराजित रहँदै समूह ’डी’ बाट विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो। इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो।

Advertisement

समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले  पराजित गरेको गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग बराबरीमा रोकिएको थियो। समूह चरणको अन्तिम खेलमा भने  इंग्ल्यान्डले चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गरेको थियो।

समूह चरणमा फ्रान्ससँग पराजित भएको जर्मनी भने समूह एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो।

समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा जर्मनीले हंगेरीसँग २–२ गोलको बराबरी खेलेको थियो।

इंग्ल्यान्ड र जर्मनीबचि युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन्। यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जित निकालेका थिए। 

स्विडेन र युक्रेनबीच स्कटल्याण्डको ह्याम्पडेन पार्कमा राति १२ः४५ बजे सुरु हुने खेलमा दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने तयारीका साथ मैदानमा उत्रँदे छन्।

स्विडेन समूह ’ई’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने युक्रेन समूह ’सी’ बाट नकआउट चरणमा पुगेको हो ।

 स्विडेनले ३ खेलमा ७ अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको स्विडेनले दोस्रो खेलमा स्लोभाकियालाई १–० ले हराएको थियो। तेस्रो खेलमा स्विडेनले पोल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो।

समूहको उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको युक्रेनले ३ खेलमा ३ अंक जोडेको थियो।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको युक्रेनले दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई २–१ ले हराएको थियो ।समूह चरणको अन्तिम खेलमा युक्रेन अष्ट्रियासँग १–० ले पराजित भएको थियो।

स्विडेन र युक्रेनबीच यो पाँचौं पटकको भेट हो।  यसअघिको चार खेलमा स्विडेनले २ हार व्यहोरेको छ भने यस्तै एक जित र एक बराबरी खेलेको छ।