काठमाडाैं- जारी युराेकप २०२० अन्तर्गत राउन्ड अफ १६ मा अहिले फ्रान्सले स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गरिरहेका छन्।
रोमानियाको नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिँदा स्विट्जरल्याण्डले विश्वकप विजेता फ्रान्सविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।
हरिस सेफेरोभिचको हेडर गोलमा स्विट्जरल्याण्डले १-० को अग्रता लिएको हो।
खेलको १५औं मिनेटमा बायाँ विंगबाट स्टिभन जुबरले दिएको क्रसलाई सेफेरोभिचले हेडरमार्फत् बटम कर्नरमा गोल गरेका थिए।
२६औं मिनेटमा किलीयन एम्बाप्पेको फ्रिकिक वालमा लगेर फर्केको थियो। उक्त रिबाउन्डमा एम्बाप्पेको प्रहार बाहिरिएको थियो।
यस खेलको विजेताले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ। स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाइसकेकाे छ।