काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भन्दै ठगी गर्नेविरुद्ध स्थानीय प्रशासन अथवा मन्त्रालयमा उजुरी गर्न सर्वसाधारणलाई अुनरोध गरेको छ ।
आफ्नो पालो कुरेर सरकारले दिएको निशुल्क लिन र पैसा तिरेर किन्ने हतारमा ठगीको शिकार नबन्न मन्त्रालयले अनुरोध गरेको छ ।
उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसार सरकारले पालैपालो खोप उपलब्ध गराउने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हालसम्म नेपालमा सरकारी निकायबाहेक अन्य क्षेत्रलाई कोरोनाविरुद्धको खोप वितरणको अनुमति नदिएको पनि स्पष्ट पारेको छ ।