November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पेरू कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

3.6K

काठमाडौँ-  पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो ।

पेरुको जितमा आन्द्रे कारिल्लोले ४८औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पेरु समूह ‘बी’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । पेरुले ४ खेलमा ७ अंक जोड्यो ।

Advertisement

भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।